यदि तपाईं इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सिरिया, भेनेजुएला वा यमनका नागरिक हुनुहुन्छ र डिसेम्बर 8, 2017 र जनवरी 20, 2021 को बीचमा, P.P 9645 अन्तर्गत भिसा अस्वीकार गरिएको थियो र P.P 9645 अन्तर्गत छूट प्राप्त गरिएको थिएना भने, तपाईं अदालतको आदेश अनुसार राहतको लागि योग्य हुन सक्नुहुन्छ। तपाईंको योग्यता र अदालतको आदेशबाट कसरी लाभ उठाउने भनेर निर्धारण गर्न कृपया यस पृष्ठमा विवरणहरू हेर्नुहोस्।


सबै अमेरिकी भिसा आवेदकहरूको लागि, मई १, २०२४ देखि, प्रिमियम डेलिभरी शुल्क लाइ संशोधन गरी ने.रु. ६५० -प्रति राहदानी/कागजात कायम गरिने छ, जुन NIMB को प्रिमियम डेलिभरी क्यास काउन्टरमा नगदमा भुक्तान गर्न सकिन्छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोला



गैरआप्रवासी भिसा धारक यात्रा: यात्रुहरूले संयुक्त राज्य अमेरिकाको उडानमा चढ्न स्वीकृत COVID-19 लगाइएको प्रमाण देखाउनु पर्दैन। थप जानकारीको लागि, https://wwwnc.cdc.gov/travel/page/before-travel मा हर्नुहोला

आप्रवासी भिसा आवेदकहरू: अमेरिकी अध्यागमन कानूनले आप्रवासी भिसा आवेदकहरूले आप्रवासी भिसा जारी गर्नु अघि निश्चित खोपहरू प्राप्त गर्न आवश्यक छ। थप जानकारीको लागि https://travel.state.gov/content/travel/en/us-visas/immigrate/vaccinations.html मा हर्नुहोला


भिसा मुद्दाहरू र संयुक्त राज्य अमेरिकाको यात्रा सम्बन्धी अमेरिकी राज्य विभागबाट नवीनतम जानकारीको लागि, कृपया: https://travel.state.gov/content/travel/en/News/visas-news.html मा हर्नुहोला


भिसा अन्तर्वाता को मिति तपाईँको I-20 फारममा लेखिएको शैक्षिक कार्यक्रम शुरु हुनु भन्दा ३६५ दिन भित्र तय गर्न सकिन्छ । यदि तपाइँको भिसा स्वीकृत भएमा, तपाइँको I-20 फारम मा लेखिएको मिति भन्दा ३० दिन अगाड़ी संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न सक्नुहुन्न। संयुक्त राज्य अमेरिकामा तपाइँको प्रारम्भिक प्रवेश तपाइँको भिसामा उल्लेखित विद्यालयमा उपस्थित हुनकै लागि हुनुपर्नेछ। भिसामा उल्लेख भएको बाहेकको विद्यालयबाट I-20 फारम लिएर कुनै प्रारम्भिक प्रवेश गर्न खोज्छ वा अर्को संस्थामा जाने अभिप्राय संकेत गर्छ भने उसलाई पोर्ट अफ एन्ट्री (POE) मा अध्यागमन निरीक्षकले प्रवेश निषेचित गर्न सक्छ ।


नेपालमा रहेका आवेदकहरूले अब connectIPS ई–पेमेन्ट प्रणाली प्रयोग गरी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर -ईएफटी_ भुक्तानी माध्यम मार्फत मेसिन रिडेबल भिसा -एमआरभी_ शुल्क तिर्न सक्नेछन् । यद्यपि शुल्कहरू अमेरिकी डलरमा उल्लेख गरिएको भएपनि नेपाली रुपैयाँमा (NPR) भुक्तानी गर्न सकिनेछ । (EFT) शुल्क तिर्नको लागि कुनै पनि डेबिट ÷ क्रेडिट कार्डहरू स्वीकार गरिने छैनन\ । थप जानकारीको लागि, कृपया यो लिङ्कमा जानुहोस् ।


कन्सुलर बिनिमयदर नियमित चलिआएको दरको आधारमा संशोधन गरिन्छ ।  भुक्तानी गर्नु अघि कृपया आफ्नो डिपोजीट पृष्टमा देखिएको भिसा शुल्क हालको भिसा शुल्क पृष्टको क्युलर बिनिमयदरसँग मेल खाए वा नखाएको हेर्नुहोस् ।


Mount Rushmore - South Dakota

नेपालका लागि अमेरिकी भिसा सूचना सेवामा स्वागत छ। यस साइटमा अमेरिकी आप्रवासी र गैर आप्रवासी भिसा बारे तथा भिसा आवेदन सम्बन्धि आवश्यक जानकारी उपलब्ध छ। तपाईँले आफ्नो भिसा शुल्क कसरी तिर्ने र अमेरिकी दूतावास काठमाडौं, नेपालमा भिसा अन्तर्वाताका लागि मिति तय गर्ने सम्बन्धि जानकारी पनि पाउनु हुनेछ।

यो नेपालमा अमेरिकी मिशन को आधिकारिक भिषा जानकारी वेबसाइट हो।

गैर-आप्रवासी भिसासम्बन्धी जानकारी


गैर आप्रवासी भिसा आवेदन


आप्रवासी भिसा जानकारी