आप्रवासी भिसा जानकारी
यो पृष्ठमा:
- सिंहावलोकन
- याचिका(पेटिशन)
- USCIS आप्रवासी शुल्क
- असाधारण फाईलिंग
- मेडिकल आवश्यकताहरु
- आप्रवासी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न को योग्य छ
- कसरीआवेदन गर्ने
सिंहावलोकन
सामान्य रुपमा, अमेरिकामा बसाइँ सर्न को निम्ति आप्रवासी भिसाको लागि आवेदन गर्नको लागि अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS) द्वारा अनुमोदित याचिका(पेटिशन) हुनुपर्छ। याचिका(पेटिशन) USCIS संयुक्त राज्य अमेरिका कार्यालयमा योग्य नातेदार वा संभावित रोजगारदाताले दायर गरिएको हुनुपर्छ। आप्रवासी याचिका(पेटिशन) दाखिल गर्ने बारेमा निर्दिष्ट जानकारी USCIS को वेबसाइटमा उपलब्ध छ। एउटा अनुमोदित याचिका(पेटिशन) भएको व्यक्ति र प्रशोधनका लागि वर्तमानमा रहेको प्राथमिक मिति (लागू भएमा), आप्रवासी भिसा वा K गैर आप्रवासी भिसाको लागि आवेदन गर्न योग्य छन् ।
याचिका(पेटिशन)
अमेरिकी नागरिकहरू र हालका स्थायी बासिन्दाहरूले आफ्ना आमा बुबा, र श्रिमान / श्रिमती, वा नाबालक बच्चा को लागि अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS) मा I-130 पेटिशन दायर गर्नुपर्छ परिवार आधारित पेटिशन दायर गर्ने स्थान यहाँ छान्नुहोस। USCIS लकबक्समा कसरी फारम I-130 दर्ता गर्ने बारे थप जानकारीको लागि, कृपया USCIS वेबसाइट https://www.uscis.gov/मा जानुहोस् वा USCIS लाई 1-800-375-5283 मा टेलिफोनद्वारा सम्पर्क गर्नुहोस्।
USCIS आप्रवासी शुल्क
यदि तपाईं स्थायी रूपमा संयुक्त राज्य अमेरिकामा आप्रवासी भएर जाँदै हुनुहुन्छ भने, तपाईंले USCIS आप्रवासी शुल्क अनलाइन मार्फत तिर्नु पर्नेछ । तर यदि यहाँ मध्य कुनै एक छूट तपाईमा लागू हुन्छ भने, सो शुल्क तिर्नु पर्दैन । यो शुल्क राज्य विभागले सङ्कलन गरेको आप्रवासी भिसा आवेदन शुल्कसँग सम्बन्धित छैन।
USCIS आप्रवासी शुल्क बारे थप जानकारीको लागि USCIS वेबसाइट हेर्नुहोस् ।
अपवाद फाईलिंग
अगस्त 15, 2011 देखि लागू भएको नियमानुसार,आफ्नो अवस्था अपवाद योग्य मान्ने निवेदकहरुले आफ्नो फाईलिंग स्वीकार गर्नका लागि कन्सुलर शाखामा अनुरोध गर्न सक्छन् । प्रत्येक अनुरोध व्यक्तिगत रुपमा मूल्यांकन गरिनेछ।
फारम I-130 फाइल गर्न खोज्ने निवेदकले अपवादका लागि अनुरोध गर्न कन्सुलर शाखामा सम्पर्क गरेर बिस्तारले परिस्थितिको व्याख्या गर्नु पर्छ। यस कन्सुलर शाखाले त्यसपछि अनुरोधलाई अमेरिकी दूतावासको क्षेत्रभित्र पर्ने USCIS लाई पुन पठाउनेछ। मामला सामान्य हो वा अपवाद हो भन्ने निर्णय वा विचार USCIS ले गर्नेछ। USCIS ले आफ्नो वेबसाइटमा अपवाद योग्य परिस्थितिमा निर्देशन प्रकाशित गर्नेछन्।
मेडिकलका आवश्यकताहरु
सबै आवेदकहरुले राजदूतावासले अनुमोदित गरेको प्यानल चिकित्सक द्वारा स्वास्थ्य परीक्षण गर्नु पर्ने हुन्छ। चिकित्सा परीक्षाको बारेमा जानकारी यहाँ पाउन सकिन्छ। तपाईंले नेशनल भिसा सेन्टर (NVC) वा दूतावासबाट चिकित्सा परीक्षाको लागि अपॉइंटमेंट/ मिति कसरी तय गर्ने भन्ने निर्देश प्राप्त गर्नु हुनेछ। यी निर्देशनहरू प्राप्त न भए सम्म अपॉइंटमेंट /मिति तय गर्ने प्रयास नगर्नुहोला।
अमेरिकी दूतावासमा अपॉइंटमेंट/अन्तर्वाता मिति
यदि तपाईंसँग अपॉइंटमेंट/अन्तर्वाता मिति छ भने, दिएको मिति र समय अनुसार दूतावासमा उपस्थित हुनु पर्ने छ । तपाइँ आफ्नो अन्तरवार्तामा आफुसँग अमेरिकी दूतावासमा के ल्याउन सक्नुहुन्छ र ल्याउनुहुन्न भन्ने बारे वर्णन सुरक्षा प्रतिबन्धहरु मा पढ्नुहोला तपाईंले आफ्नो अन्तर्वाता नियुक्ति पत्र र तपाईंको भिसा वर्गको लागि आवश्यक कागजात ल्याउनु पर्छ।