K-भिसा आवेदक
यो पृष्ठमा:
सिंहावलोकन
निम्न जानकारी ती योग्य आवेदकहरूका लागि हो, जसले अन्तर्वाता मिति निर्धारण गर्नुपर्छ भनेर सूचना प्राप्त गरेका छन् ।
नोट : मात्र "K" भिसा वर्गका आवेदकहरुलाई लागू हुने ।
कसरी आवेदन गर्ने
तपाईंले आफ्नो मंगेतर भिसा अन्तिम चरण प्रक्रियामा पुगेको बारे सूचना प्राप्त गरेमा, अन्तर्वार्ता तयारीका लागि निम्न कदमहरू ध्यानपूर्वक चाल्नुहोस्।
चरण 1
प्रहरी प्रमाणपत्र प्राप्त गर्नुहोस् । यहाँ दिइएका निर्देशनहरू पालन गर्नुहोस् ।
चरण 2
अर्को कदम DS-160 फारम पूरा गर्नु होस् । DS-160 फारम भर्नका लागि निर्देशनहरू राम्ररी पढ्नुहोस् । सम्पूर्ण विवरण सही र शुद्ध हुनुपर्छ । फारम पेश गरेपछि तपाईँले कुनै पनि परिवर्तन गर्न सक्नुहुने छैन । कल सेन्टरले तपाईँलाई DS-160 फारम पूरा गर्न सहायता गर्नसक्ने छैन । अन्तर्वाता निर्धारण गर्नका लागि तपाईँको DS-160 पुष्टि पृष्ठमा भएको दश (१०) अंकको बारकोड संख्या आवश्यक हुनेछ ।
चरण 3
http://www.ustraveldocs.com/np मा जानुहोस्। प्रयोगकर्ता खाता (युजर अकाउन्ट) बनाउनुहोस् । तपाईँलाई आफ्नो राहदानी र तपाईँको K2 पेटिशनमा डेरिभेटिभको रूपमा आफूसँगै भ्रमण गर्ने छोराछोरीको राहदानी आवश्यक हुनेछ । तपाईंले राहदानी पिकअप स्थान चयन गरेर भिसा शुल्क तिर्नु पर्नेहुन्छ । K भिसा शुल्कसम्बन्धी जानकारीका लागि भिसा शुल्क पृष्ठ मा जानुहोस् ।
चरण 4
तपाईँ भिसाको अन्तर्वाता निर्धारण गर्नका लागि तयार हुनुहु्न्छ ।
भिसा शुल्क रसिद नम्बर प्राप्त भएपछि र चरण 1-3 पुरा गरेपछि http://www.ustraveldocs.com/np मा गइ आफ्नो प्रोफाइलमा लग इन गरेर ‘कन्टिन्यु’ मा क्लिक गर्नुहोस् र आफ्नो शुल्क रसिद नम्बर प्रयोगगरी अन्तर्वाता मिति निर्धारण गर्नुहोस् ।
आफ्नो देब्रे हातपट्टि भएको मेनुमा ‘शेडुल अपोइन्टमेन्ट’ मा क्लिक गर्नुहोस् । यसले तपाईँको अन्तर्वाता निर्धारणको प्रक्रिया शुरू हुन थाल्नेछ । अन्तर्वाता निर्धारण गर्नका लागि निम्न जानकारी प्रदान गर्नु अनिवार्य छ :
- तपाईँको राहदानी नम्बर
- तपाईँको भिसा शुल्क भक्तानी रसिद नम्बर
- तपाईँको DS-160 पुष्टि पृष्ठ बाट प्राप्त दश (१०) अंकको बारकोड संख्या
- केस नम्बर (KDU बाट सुरु हुने अल्फा-न्यूमेरिक)
चरण 5
आफ्नो चिकित्सा परीक्षा इंटरनेशनल ऑर्गनाइज़ेसन ऑफ़ माइग्रेशन (आइ ओ एम) को माइग्रेसन स्वास्थ्य आंकलन केन्द्रबाट गराउनुहोस् प्यानल चिकित्सक द्वारा स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त गर्ने चरणहरु सूची मा समावेश छन् ।
चरण 6
अन्तर्वार्ताको दिनमा निम्न सामग्रीहरू ल्याउनुहोस् :
- संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने योजना रहेको मितिबाट कम्तीमा छ महिना बहाल अवधि कायम रहेको राहदानी
- DS-160 पुष्टि पृष्ठ
- फोटो :सेतो पृष्ठभूमि भएको 50mm x 50mm रंगीन फोटो (प्रत्येक आवेदकको लागि दुई थान) । फोटोमा शिर र कान ढाकिएको र चश्मा लगाएको हुनु हुँदैन ।
- *जन्म दर्ता प्रमाणपत्र प्रतिलिपि सहित;
- *विवाह प्रमाणपत्र र सम्बन्ध विच्छेद प्रमाणपत्र प्रतिलिपि सहित: विवाहित हुनुहुन्छ भने विवाह दर्ता प्रमाणपत्र पेश गर्नुहोस्। पूर्व विवाह टुङ्गिएको खण्डमा सो कुरा प्रमाणित गर्नका लागि सम्बन्ध विच्छेद वा मृत्यु दर्ता प्रमाणपत्र पेश गर्नुहोस्।
- आवेदक सार्वजनिक जिम्मेवारी बन्ने छैन भन्ने प्रमाण : संयुक्त राज्य अमेरिकामा रहँदा आवेदक आत्मनिर्भर हुनेछ वा पेटिशनरले प्रत्येक आवेदकलाई आर्थिक रूपमा सहयोग गर्न सक्नेछ भन्ने प्रमाण पेश गर्नु पर्दछ । सहयोगसम्बन्धी कागजात (I-124) का साथै पेटिशनरले हालैको कर भुक्तानी गरेको कागजात, W-2 फारम, आई. आर. एस. द्वारा जारी कर चुक्ता गरेको प्रमाण, वर्तमान पेशासम्बन्धी पत्र, तलब विवरण र/वा सम्बन्धित बैंक स्टेटमेन्ट लगायतको वित्तीय विवरण पनि साथमा लिएर आउनुहोला ।
- याचकसँगको (पेटिशनरसँगको) नाताको प्रमाण : पेटिशनरसँगको आफ्नो नाता प्रमाणित गर्ने भौतिक प्रमाण ल्याउनुहोला (समयसमयमा खिचिएका पारिवारिक फोटोहरू, पेटिशनरले पठाएका चिठीहरू, एस.एम.एस, सामाजिक सञ्जालमा भएको पत्राचार, आदि); पेटिशनरको फोटो भएको परिचयपत्र (वा स्पष्ट प्रतिलिपि) पनि ल्याउनुहोला ।
- *प्रहरी प्रमाणपत्र प्रतिलिपि सहित: १६ वर्ष वा सोभन्दा बढी उमेरका प्रत्येक आवेदकले प्रहरी निकायबाट निम्न अनुसारको प्रहरी प्रमाणपत्र ल्याउनु पर्दछ: हाल बसोबास गरिरहेको देशबाट, आवेदकको नागरिकताको देशबाट र अन्य कुनै देशबाट, जहाँ आवेदकले १६ वर्ष पुगेपछि कम्तीमा एक वर्ष बसोबास गरेको छ ।
- शुल्क भुक्त्तानी गरेको रसिद;
- साथै अन्य कुनै सहायक कागजातहरू;
*नेपाली भाषामा जारी सबै नागरिक कागजात नोटरी सार्वजनिक / अधिवक्ता द्वारा अंग्रेजीमा अनुवाद गराएको हुनु पर्छ।
नोटः उपरोक्त सामग्रीहरूबिना आवेदन स्वीकार गरिने छैन ।
चेतावनी: कन्सुलर शाखाले जालसाजीको आशङ्का भएमा अनुसन्धान गर्नेछ । झुठो विवरण वा कागजात पेश गरेमा आवेदक आजीवन भिसाका लागि अयोग्य ठहरिनेछ ।