अध्यागमन र राष्ट्रियता ऐन २२१ (जि) अन्तर्गत अस्वीकृत आवेदन
यो पृष्ठमा:
सिंहावलोकन
धारा २२१ (जि) अन्तर्गत अस्वीकृत हुनुको अर्थ, आवेदनमा आवश्यक जानकारी अपूर्ण छ वा आवेदनलाई थप प्रशासकीय प्रशोधनको आवश्यक पर्नेछ। यदि तपाईंको आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकार गरिएको भएमा तपाईंको अन्तर्वाता लिने कन्सुलर अफिसरले अन्तर्वाताको अन्तमा तपाईंलाई जानकारी दिनु हुनेछ । ती अफिसरले तपाईंको मामलाको प्रशासनिक प्रक्रिया हुनुपर्छ वा तपाईंले थप जानकारी पेश गर्नुपर्छ भनेर तपाईंलाई जानकारी दिनु हुनेछ ।
यदि अरु जानकारीको आवश्यकता परेमा, कन्सुलर अफिसरले तपाईंलाई त्यो जानकारी पेश गर्ने तरिका बताउनु हुनेछ। यदि तपाईको भिसा आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकृत गरीएको छ भने तपाईलाई भिसा अस्वीकारको सूचना दिईएको लिखित पत्र दिइनेछ र यदि कुनै थप कागजातहरु चाहिएको संदर्भमा अनुरोध गरिनेछ ।
यदि दूतवास वा कन्सुलरको कार्यालय ले तपाईंलाई थप कागजात वा जानकारी को लागि अनुरोध गरेको छ भने, तपाईंले ती कागजातहरु CGI संकलन केन्द्रमा पेश गर्नु पर्दछ। यो वेबपेजले कसरी दूतावास वा कन्सुलरकोकार्यालयमा वितरणका लागि आफनो कागजात पेश गर्ने बताउँछ।
अन्य सूचना
केही अस्वीकृत भिसा आवेदनहरूलाई धारा २२१ (जि) अन्तर्गत अस्वीकार गर्न सकिन्छ किनकि थप प्रशासनिक प्रशोधनको आवश्यकता पर्दछ । यदि तपाईको केस २२१ (जि) अन्तर्गत अस्वीकृत भइरहेको छ भने प्रशासनिक प्रशोधनको आवश्यक पर्ने खण्डमा कन्सुलर अफिसरले अन्तर्वार्ताको अन्त्यमा आवेदकलाई सूचित गर्छन् । प्रशासनिक प्रक्रियाको अवधि प्रत्येक केसको व्यक्तिगत परिस्थितिको आधारमा फरक हुन्छ ।आपतकालिन यात्रामा बाहेक (उदाहरण का लागि गम्भीर बिरामी, घाइते, वा नजिकको परिवारमा मृत्यु आदि कारणमा) प्रशासनिक प्रशोधनको स्थितिबारे सोधपुछ गर्नु अघि आवेदकहरूले अन्तर्वार्ताको मिति वा पूरक कागजातहरू पेश गरेको मिति मध्ये पछिल्लो मितिदेखि कम्तिमा १८० दिन कुर्नुपर्दछ।
यदि तपाईं एक गैर-आप्रवासी आवेदक हुनुहुन्छ भने तपाईं आफ्नो DS-160 र भिसा आवेदन स्थिति अनलाइन यहाँ आफ्नो अन्तर्वार्ता स्थान र तपाईंको DS-160 बारकोड नम्बर राखरे गरेर जाँच गर्न सक्नुहुन्छ। कृपया ध्यान दिनुहोस् जबसम्म कन्सुलर अफिसरले तपाईंलाई भिसाका लागि योग्य ठान्दैनन् तबसम्म तपाईंको केस अस्वीकृत स्थितिमा रहनेछ ।