अध्यागमन र राष्ट्रियता ऐन २२१ (जि) अन्तर्गत अस्वीकृत आवेदन
यो पृष्ठमा:
सिंहावलोकन
धारा २२१ (जि) अन्तर्गत अस्वीकृत हुनुको अर्थ हो कि आवेदनमा आवश्यक जानकारी अपूर्ण छ अथवा आवेदनमाथि थप प्रशासनिक कार्यको आवश्यकता पर्दछ । यदि तपाईंको आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकृत गरिएको भएमा अन्तर्वार्ता लिने कन्सुलर अफिसरले अन्तर्वार्ताको अन्त्यमा तपाईंलाई जानकारी दिनु हुनेछ । ती अफिसरले तपाईंको आवेदन या त प्रशासनिक कार्यमा गएको छ वा आवेदनमा अतिरिक्त जानकारी पेश गर्नुपर्छ भनेर तपाईंलाई जानकारी दिनु हुनेछ ।
थप जानकारीको आवश्यकता परेमा, अधिकारीले कसरी जानकारी पेश गर्ने भन्नेबारे बताउनुहुनेछ । जब तपाईंको भिसा आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकृत हुन्छ र तपाईंले आफ्नो आवेदन मिति देखिको १२ महिना भित्र नयाँ भिसा आवेदन शुल्क भुक्तान नगरिकन अनुरोध गरिएका कागजात पेश गर्नुपर्ने हुन्छ । यहि तपाईंले अनुरोध गरिएको कागजातहरु एक वर्ष भित्र बुझाउनु भएन भने, तपाईंको आवेदन आप्रवासन र राष्ट्रियता ऐनको धारा २०३ (जि) अनुसार खारेज हुन सक्छ ।
यदि दूतावास वा कन्सुलरको कार्यालयले तपाईंलाई थप कागजात अनुरोध गरेको छ भने तपाईंले ती कागजातहरु CGI संकलन केन्द्रमा पेश गर्नु पर्दछ। यो वेबपेजले दूतावास वा कन्सुलरको कार्यालयमा कसरी आफ्नो कागजात पेश गर्ने बारे बताउँछ।
अन्य सूचना
केही अस्वीकृत भिसा आवेदनहरुलाई धारा २२१ (जि) अन्तर्गत अस्वीकृत गर्न सकिन्छ किनकि थप प्रशासनिक कार्यको आवश्यकता पर्दछ । यदि तपाईंको आवेदनमाथि प्रशासनिक कार्यको आवश्यकता परेमा अन्तर्वार्ता लिनुहुने कन्सुलर अधिकृतले धारा २२१ (जि) अन्तर्गत तपाईंको आवेदन अस्वीकृत गरिएको जानकारी अन्तर्वार्ताको अन्त्यमा गराउनु हुनेछ । प्रशासनिक प्रक्रियाको अवधि प्रत्येक केसको आफ्नो परिस्थितिको आधारमा फरक हुन्छ । आपतकालिन यात्राको आवस्था (उदाहरणका लागि गम्भीर विरामी, घाइते वा नजिकको परिवारजनको मृत्यु आदि कारणमा) बाहेक प्रशासनिक कार्यको स्थितिबारे सोधपुछ गर्नुअघि आवेदकहरुले अन्तर्वार्ता दिएको मिति वा थप कागजातहरु पेश गरेको मध्ये पछिल्लो मितिदेखि कम्तिमा १८० दिन कुर्नुपर्दछ ।
तपाईंको आप्रवासी भिसा आवेदन स्थिति यहाँ तपाईंको अन्तार्वार्ता स्थान र तपाईंको केस नम्बर राखी अनलाईन जाँच गर्न सक्नुहुन्छ । कृपया ध्यान दिनुहोस् कि तपाईंको केस तबसम्म अस्वीकृत स्थितिमै रहनेछ जबसम्म कन्सुलर अफिसरले तपाईंलाई भिसाका लागि योग्य ठान्नुहुदैन।