स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
यो पृष्ठमा:
अवलोकन
यो भिसा अपोइन्टमेन्ट प्रणाली ती योग्य आवेदकहरूका लागि हो जसले अमेरिकी दूतावास, काठमाडौंबाट अनिवार्य रूपमा "अनलाइन" अपोइन्टमेन्ट लिनुपर्ने लिखित सूचना प्राप्त गर्नु भएको छ ।
स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसाका केसहरू
एक्स्पडाइटेड गराउन अनुमोदन प्राप्त परिवारमा आधारित भिसा पेटिशनहरू नेशनल भिसा सेन्टर (एनभीसी) बाट अमेरिकी दूतावासमा पठाइन्छन् । एनभीसीमा प्रक्रिया चलाउन लाग्ने समय बचत गर्ने कोणबाट हेर्दा, दूतावासलाई यी केसहरू प्राप्त हुँदा प्रायजसो केसहरू कागजातका हिसाबले अपूर्ण हुन्छन् ।
को योग्य छन्
स्वयदि दूतावासले आवेदकलाई अनलाइन अपोइन्टमेन्ट लिन सूचित गरेको छ भने आप्रवासी भिसा आवेदकहरू सहित स्वास्थ्यकर्मीहरू र रोजगारमा आधारित आप्रवासी भिसा आवेदकहरू अपोइन्टमेन्टको समय निर्धारण गर्न योग्य हुन्छन् ।
यदि तलको कुनै एक वा बढी प्रश्नहरुमा तपाईँको उत्तर 'हो (YES)' हुन्छ भने र यदि दूतावासले तपाईंलाई अनलाइन भिसा अपोइन्टमेन्ट लिन भनेको छ भने तपाईं अनलाइन भिसा अपोइन्टमेन्ट लिन सक्नुहुन्छ ।
- म एक स्वास्थ्यकर्मी वा अन्य रोजगारमा आधारित आप्रवासी भिसा को आवेदक हुँ।
- मेरो IV केस NVC मार्फत एक्स्पडाइट गरिएको थियो र नेपाल स्थित अमेरिकी दूतावासको IV युनिटले मलाई अनलाइन तालिका अपोइन्टमेन्ट IV लिन आग्रह गरेको छ;
(कृपया नोट गर्नुहोस् कि पछि तपाइँको एक्स्पडाइट (द्रुत) अनुरोध NVC द्वारा अनुमोदन भएको छ भने, तपाइँले नेपालको अमेरिकी दूतावासबाट IV अनलाइन अपोइन्टमेन्ट समय निर्धारणगर्नु अघि दूतावासको निर्देशनका लागि पर्खनु पर्दछ )
कृपया नोट गर्नुहोस्, यदि तपाईंलाई तलका कुनै एक सर्त मिल्छ भने, अनलाइन आप्रवासी भिसा अपोइन्टमेन्ट नलिनुहोस् :
- तपाईंसँग NVC वा KCC द्वारा निर्धारित गरेको भविष्यको अपोइन्टमेन्ट तालिका मिति छ;
- तपाईले दूतावासबाट अनलाईन अपोइन्टमेन्ट निर्धारित गर्न कुनै लिखित निर्देशन प्राप्त गर्नु भएको छैन;
- तपाईं परिवारमा आधारित आप्रवासी भिसा आवेदक हुनुहुन्छ;
- तपाईं मुख्य आवेदकमा सामेल हुनको लागि पछ्याउने एक व्युत्पन्न परिवार सदस्य हुनुहुन्छ।
कसरी आवेदन गर्ने
तल दिएको जानकारीले कसरी अनलाइन अपोइन्टमेन्ट निर्धारण गर्ने र कुन कागजातहरू अन्तर्वार्ताको लागि आवश्यक छ भनेर वर्णन गर्दछ।
चरण 1: मेडिकल परीक्षण गराउने
ममान्यताप्राप्त चिकित्सकको प्यानलबाट आफ्नो मेडिकल जाँच गराउनुहोस् । मान्यताप्राप्त प्यानल चिकित्सकहरूको सूची यहाँउपलब्ध छ । कृपया आफ्नो मेडिकल जाँचका रिपोर्टहरू सिलबन्द अवस्थामा आफूसँगै दूतावासमा ल्याउनुहोस् ।तपाईँको केसमा ईलेक्ट्रोनिक मेडिकल फारम भएमा तपाईँले मेडिकल रिपोर्ट प्राप्त गर्नुहुने छैन ।
चरण 2: आप्रवासी भिसाको लागि इलेक्ट्रोनिक आवेदन भर्ने
आप्रवासी भिसाको लागि इलेक्ट्रोनिक फारम (DS-260) भर्नुअघि यसलाई भर्ने सम्बन्धी निर्देशनहरू ध्यानपूर्वक पढ्नुहोस् । सबै जानकारी सही हुनैपर्छ । फारम बुझाएपछि तपाईँले कुनै पनि परिवर्तन गर्न सक्नुहुन्न । यदि तपाईँलाई सहयोग चाहिएमा तपाईँले अनुवादक वा आप्रवासन वकिलसँग परामर्श गर्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँलाई तपाईँको (DS-260) भर्न मद्दत गर्न सक्दैन । तपाईँको अपोइन्टमेन्ट दर्ता गर्न तपाईँलाई आफ्नो DS-260 कन्फर्मेशन पृष्ठमा हुने दश (१०) अङ्कको बारकोड नम्बर चाहिन्छ।
चरण ३: प्रयोगकर्ता खाता (User Account) खोल्ने र भिसा अपोइन्टमेन्ट लिने
तपाईँwww.ustraveldocs.com/np/मा जानुहोस् र प्रयोगकर्ता खाता खोल्नुहोस् ।
खाता खोल्नका लागि तपाईँलाई आफ्नो पासपोर्ट आवश्यक पर्छ । खाता खोली सकेपछि, तपाईँले पासपोर्ट फिर्ता लिने स्थान चयन गर्नुपर्छ।
अब तपाईँ आफ्नो भिसा अपोइन्टमेन्ट लिनका लागि लगभग तयार हुनुभयो !
आफ्नो भिसा अपोइन्टमेन्ट लिनका लागि तपाईँलाई निम्नलिखित जानकारी आवश्यक पर्छन् ।
- तपाईँको पासपोर्ट नम्बर
- तपाईँको DS-260 कन्फर्मेशन पृष्ठमा भएको दश (१०) अङ्कको बारकोड नम्बर
- केस नम्बर (KDU पछाडि १० अङ्क भएको)
- बायाँतर्फको मेन्युमा भएको Schedule Appointment मा क्लिक गर्नुहोस् । यसले तपाईँको अपोइन्टमेन्ट लिने प्रक्रिया सुरु गर्नेछ।
चरण ४: आवश्यक कागजात
आफ्नो अन्तर्वार्ताको दिनमा, कृपया देहाय बमोजिम कागजातहरू (सक्कल, प्रतिलिपि, र सबै कागजातहरूको अङ्ग्रेजी अनुवाद) ल्याउनुहोस्:
- इलेक्ट्रोनिक भिसा आवेदन फारम DS-260को कन्फर्मेशन पृष्ठ,
- जन्मदर्ता प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि । मुख्य आवेदकका सबै सन्तानको जन्मदर्ता प्रमाणपत्रका सक्कल वा प्रमाणित प्रतिलिपि अनिवार्य छन् ।
- विवाहदर्ता प्रमाणपत्रहरू तथा पहिलेका सबै विवाहहरूसम्बन्धी पारपाचुके/मृत्युदर्ता प्रमाणपत्र
- यदि तपाईँ १६ वर्षभन्दा माथिको हुनुहुन्छ भने, तपाईँले हाल बसोबास गरेको देश र यसअघि बसोबास गरेका देशका प्प्रहरी प्रमाणपत्रका सक्कल । यी प्रमाणपत्र प्राप्तगर्ने बारेमा थप जानकारीको लागि हेर्नुहोस्:Reciprocity by Country.
- आवेदकहरूले दूतावासबाट तोकिएको चिकित्सकबाट प्राप्तमेडिकल जाँच रिपोर्टहरू सिलबन्द अवस्थामा बुझाउनु पर्छ । यी चिकित्सकहरूको सूची यहाँउपलब्ध छ । प्यानल चिकित्सकले यदि तपाईँलाई तपाईँका मेडिकल रिपोर्ट विद्युतीय माध्यमबाट पठाइनेछ भनी बताएमा तपाईँले कागजी रिपोर्ट प्राप्त गर्नुहुने छैन ।
- प्रत्येक भिसा आवेदकको सेतो पृष्ठभूमि (२x२ इन्चको) मा खिचिएको दुई (२) प्रति भिसा फोटो (मुहार देखिने) । फोटो क्रप गरिएको वा कुनै पनि सम्पादन वा सुधार गरिएको हुनुहुँदैन । निर्देशनका लागि यहाँ क्लिक गर्नुहोस् । (हाम्राफोटोसम्बन्धी आवश्यकताहरूहेर्नुहोस् ।).)
- तपाईँले अमेरिकामा प्रवेश गर्ने अभिप्राय राखेको मितिदेखि कम्तीमा ६ महिनापछि सम्मको वैधता भएको पासपोर्ट
- तपाईंको अमेरिकी नियोक्ता द्वारा दिएको नौकरी प्रस्ताव पत्र
आप्रवासी भिसा शुल्क:
- यदि तपाईं वा तपाईंको व्युत्पन्न (डेरिभेटिभ्स) निवेदकले आप्रवासी भिसा आवेदन प्रक्रिया शुल्क पहिले नै भुक्तान गरेको नभएमा सो शुल्क तपाईँले अन्तर्वार्ताको समयमा दूतावासको कन्सुलर साखामा तिर्नुपर्छ । उक्त शुल्क नगदमा तिर्नुपर्छ (डलर वा सो बराबरको रकम नेपाली रुपैयाँमा) । कृपया खुद्रा रकम ठिक मिलाएर ल्याउनुहोस् ।
नोट:कृपया आफ्ना सिलबन्द मेडिकल जाँच रिपोर्टहरू आफूसँग दूतावासमा पक्का ल्याउनुहोस् । यदि तपाईँ आफ्नो मेडिकल रिपोर्टबिना दूतावासमा उपस्थित हुनु भयो भने, तपाईँको अपोइन्टमेन्ट सर्न गई तपाईँको केसमा ढिलाइ हुनसक्छ ।तपाईँका एक्स-रे सिडीहरू दूतावासमा ल्याउनु आवश्यक छैन । भिसा प्रदान नभएसम्म, यात्रा योजना बनाउने वा जागिर छोड्ने या घर बेच्नेजस्ता जीवन परिवर्तन गर्ने किसिमका निर्णयहरू नगर्न तपाईँलाई सुझाव छ ।
तपाईँको केसमा ईलेक्ट्रोनिक मेडिकल फारम भएमा तपाईँले मेडिकल रिपोर्ट प्राप्त गर्नुहुने छैन ।