एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
यो पृष्ठमा:
अवलोकन
यो भिसा अपोइन्टमेन्ट प्रणाली ती योग्य आवेदकहरूका लागि हो जसले अमेरिकी दूतावास, काठमाडौंबाट अनिवार्य रूपमा "अनलाइन" अपोइन्टमेन्ट लिनुपर्ने लिखित सूचना प्राप्त गर्नु भएको छ ।
एक्स्पडाइटेड केसहरू:
एक्स्पडाइटेड गराउन अनुमोदन प्राप्त परिवारमा आधारित भिसा पेटिशनहरू नेशनल भिसा सेन्टर (एनभीसी) बाट अमेरिकी दूतावासमा पठाइन्छन् । एनभीसीमा प्रक्रिया चलाउन लाग्ने समय बचत गर्ने कोणबाट हेर्दा, दूतावासलाई यी केसहरू प्राप्त हुँदा प्रायजसो केसहरू कागजातका हिसाबले अपूर्ण हुन्छन् ।
मेडिकल होल्ड केस (IV / DV):
सबै आप्रवासी र डाइभर्सिटी भिसा आवेदकहरूले दूतावासद्वारा स्वीकृत प्यानल चिकित्सकसँग मेडिकल जाँच गराउनुपर्छ । चिकित्सा जाँच सम्बन्धि जानकारी यहाँ पाउन सकिन्छ। आवेदकहरू जसको मेडिकल रिपोर्टमा ढिलाइ भएको छ वा जसलाई फेरि मेडिकल परीक्षण गर्न भनिएको छ, ती आवेदकहरू यस श्रेणी अन्तर्गत पर्दछन् । त्यस्ता आवेदकहरूलाई दूतावासले मेडिकल रिपोर्ट तयार भए पछि मात्र भिसा अपोइन्टमेन्टको समय तालिका मिलाउन सूचित गर्दछ। मेडिकल रिपोर्ट प्राप्त गर्नु भन्दा अघि भिसा अपोइन्टमेन्टको समय लिने प्रयास नगर्नुहोस् ।
को योग्य छन्
यदि दूतावासले आवेदकलाई अनलाइन अपोइन्टमेन्ट लिन सूचित गरेको छ भने आप्रवासी भिसा आवेदकहरू सहित एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड भिसा आवेदकहरू भिसा अपोइन्टमेन्टको समय निर्धारण गर्न योग्य हुन्छन् ।
यदि तलको कुनै एक वा बढी प्रश्नहरुमा तपाईँको उत्तर 'हो (YES)' हुन्छ भने र यदि दूतावासले तपाईंलाई अनलाइन भिसा अपोइन्टमेन्ट लिन भनेको छ भने तपाईं अनलाइन भिसा अपोइन्टमेन्ट लिन सक्नुहुन्छ ।
- मेरो मेडिकल रिपोर्ट तयार छैन वा मलाई फेरि मेडिकल टेस्ट गर्न भनिएको थियो, र नेपाल स्थित अमेरिकी दूतावासको IV युनिटले मलाई पुन:अनलाइन अपोइन्टमेन्ट लिन आग्रह गरेको छ ।
- मेरो IV केस NVC मार्फत एक्स्पडाइट गरिएको थियो र नेपाल स्थित अमेरिकी दूतावासको IV युनिटले मलाई पुन:अनलाइन अपोइन्टमेन्ट लिन आग्रह गरेको छ ।
(कृपया नोट गर्नुहोस् कि यदि तपाइँको एक्स्पडाइट (द्रुत) अनुरोध NVC द्वारा अनुमोदन भएको छ भने, तपाइँले नेपालको अमेरिकी दूतावासबाट IV अपोइन्टमेन्ट समय अनलाइन निर्धारणगर्नु अघि दूतावासको निर्देशन लागि पर्खनु पर्दछ ।)
कृपया नोट गर्नुहोस्, यदि तपाईंलाई तलका कुनै एक सर्त मिल्छ भने, अनलाइन आप्रवासी भिसा अन्तर्वार्ता नलिनुहोस् ।
- तपाईंको अन्तर्वार्ता भइसकेको छ, र दूतावासले तपाईंलाई अनलाइन अपोइन्टमेन्ट निर्धारण गर्न भनिएको छैन;
- तपाईंसँग NVC वा KCC द्वारा निर्धारित गरेको भविष्यको अपोइन्टमेन्ट तालिका मिति छ;
- तपाईले दूतावासबाट अनलाईन अपोइन्टमेन्ट निर्धारित गर्न कुनै लिखित निर्देशन प्राप्त गर्नु भएको छैन
कसरी आवेदन गर्ने
तल दिएको जानकारीले कसरी अनलाइन अपोइन्टमेन्ट निर्धारण गर्ने र कुन कागजातहरू अन्तर्वार्ताको लागि आवश्यक छ भनेर वर्णन गर्दछ।
चरण १: मेडिकल परीक्षण गराउने
मान्यताप्राप्त चिकित्सकको प्यानलबाट आफ्नो मेडिकल जाँच गराउनुहोस् । मान्यताप्राप्त प्यानल चिकित्सकहरूको सूची यहाँ उपलब्ध छ । कृपया आफ्नो मेडिकल जाँचका रिपोर्टहरू सिलबन्द अवस्थामा आफूसँगै दूतावासमा ल्याउनुहोस् । तपाईँको केसमा ईलेक्ट्रोनिक मेडिकल फारम भएमा तपाईँले मेडिकल रिपोर्ट प्राप्त गर्नुहुने छैन ।
चरण २: आप्रवासी भिसाको लागि इलेक्ट्रोनिक आवेदन भर्ने
आप्रवासी भिसाको लागि इलेक्ट्रोनिक फारम (DS-260) भर्नुअघि यसलाई भर्ने सम्बन्धी निर्देशनहरू ध्यानपूर्वक पढ्नुहोस् । सबै जानकारी सही हुनैपर्छ । फारम बुझाएपछि तपाईँले कुनै पनि परिवर्तन गर्न सक्नुहुन्न । यदि तपाईँलाई सहयोग चाहिएमा तपाईँले अनुवादक वा आप्रवासन वकिलसँग परामर्श गर्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँलाई तपाईँको DS-260 भर्न मद्दत गर्न सक्दैन । तपाईँको अपोइन्टमेन्ट दर्ता गर्न तपाईँलाई आफ्नो DS-260 कन्फर्मेशन पृष्ठमा हुने दश (१०) अङ्कको बारकोड नम्बर चाहिन्छ।
चरण ३: प्रयोगकर्ता खाता (User Account) खोल्ने र भिसा अपोइन्टमेन्ट लिने
तपाईँ www.ustraveldocs.com/np/ मा जानुहोस् र प्रयोगकर्ता खाता खोल्नुहोस् । खाता खोल्नका लागि तपाईँलाई आफ्नो पासपोर्ट आवश्यक पर्छ । खाता खोली सकेपछि, तपाईँले पासपोर्ट फिर्ता लिने स्थान चयन गर्नुपर्छ ।
अब तपाईँ आफ्नो भिसा अपोइन्टमेन्ट लिनका लागि लगभग तयार हुनुभयो !
आफ्नो भिसा अपोइन्टमेन्ट लिनका लागि तपाईँलाई निम्नलिखित जानकारी आवश्यक पर्छन् ।
- तपाईँको पासपोर्ट नम्बर
- तपाईँको DS-260 कन्फर्मेशन पृष्ठमा भएको दश (१०) अङ्कको बारकोड नम्बर
- केस नम्बर (KDU पछाडि १० अङ्क भएको)
- बायाँतर्फको मेन्युमा भएको Schedule Appointment मा क्लिक गर्नुहोस् । यसले तपाईँको अपोइन्टमेन्ट लिने प्रक्रिया सुरु गर्नेछ ।
चरण ४: आवश्यक कागजात
आफ्नो अन्तर्वार्ताको दिनमा, कृपया देहाय बमोजिम कागजातहरू (सक्कल, प्रतिलिपि, र सबै कागजातहरूको अङ्ग्रेजी अनुवाद) ल्याउनुहोस्:
- तपाईँको एनभीसी अन्तर्वार्ता पत्रको एक प्रति प्रतिलिपि (डाइभर्सिटी भिसा आवेदकहरूलाई लागू नहुने)
- इलेक्ट्रोनिक भिसा आवेदन फारम DS-260 को कन्फर्मेशन पृष्ठ
- जन्मदर्ता प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि । मुख्य आवेदकका सबै सन्तानको जन्मदर्ता प्रमाणपत्रका सक्कल वा
- प्रमाणित प्रतिलिपि अनिवार्य छन् ।
- विवाहदर्ता प्रमाणपत्रहरू तथा पहिलेका सबै विवाहहरूसम्बन्धी पारपाचुके/मृत्युदर्ता प्रमाणपत्र
- यदि तपाईँ १६ वर्षभन्दा माथिको हुनुहुन्छ भने, तपाईँले हाल बसोबास गरेको देश र यसअघि बसोबास गरेका देशका प्रहरी प्रमाणपत्रका सक्कल । यी प्रमाणपत्र प्राप्तगर्ने बारेमा थप जानकारीको लागि हेर्नुहोस्: Reciprocity by Country।
- आवेदकहरूले दूतावासबाट तोकिएको चिकित्सकबाट प्राप्तमेडिकल जाँच रिपोर्टहरू सिलबन्द अवस्थामा बुझाउनु पर्छ । यी चिकित्सकहरूको सूची यहाँ उपलब्ध छ । प्यानल चिकित्सकले यदि तपाईँलाई तपाईँका मेडिकल रिपोर्ट विद्युतीय माध्यमबाट पठाइनेछ भनी बताएमा तपाईँले कागजी रिपोर्ट प्राप्त गर्नुहुने छैन ।
- प्रत्येक भिसा आवेदकको सेतो पृष्ठभूमि (२x२ इन्चको) मा खिचिएको दुई (२) प्रति भिसा फोटो (मुहार देखिने) । फोटो क्रप गरिएको वा कुनै पनि सम्पादन वा सुधार गरिएको हुनुहुँदैन । निर्देशनका लागि यहाँ क्लिक गर्नुहोस् । (हाम्रा फोटोसम्बन्धी आवश्यकताहरू हेर्नुहोस् ।)
- तपाईँले अमेरिकामा प्रवेश गर्ने अभिप्राय राखेको मितिदेखि कम्तीमा ६ महिनापछि सम्मको वैधता भएको पासपोर्ट
- अपोइन्टमेन्ट कन्फर्मेशन पत्र
परिवारमा आधारित भिसा आवेदकहरूको लागि:
- पेटिशनर र / वा योग्य संयुक्त प्रायोजकबाट प्रायोजन शपथ पत्र(I-864 फारम) सहित सबै प्रायोजन कागजातहरू । यहाँ क्लिक गर्नुहोस् यदि प्रायोजन शपथ पत्र संयुक्त राज्य अमेरिकामा NVC लाई बुझाइएको छैन भने। (यदि तपाईं अमेरिकी नागरिकको १८ बर्ष भन्दा कम उमेरका छोराछोरी हुनुहुन्छ भने I-864 आवश्यक छैन ।)
- प्रायोजक र एक जना पारिवारिक सदस्यबिचको सम्झौता (I-864A), यदि लागू हुने भएमा ।
डिभी आवेदकहरूको लागि:
- ई-डिभी वेबसाइटमा “एन्ट्रन्ट स्ट्याटस चेक” (Entrant Status Check) बाट प्रिन्ट गरिएको अपोइन्टमेन्ट जानकारी
- तपाईँसँग या त माध्यमिक विद्यालयको शैक्षिक योग्यता छ भनेर देखाउने कागजात अथवा आवेदनको लगत्तै अघिका पाँच (५) वर्षमा कम्तीमा दुई (२) वर्षको कामको अनुभव भएको देखाउने कागजात (मुख्य आवेदकका लागि मात्र; थप जानकारी अनलाइन माध्यममा उपलब्ध छ ।)
आप्रवासी भिसा शुल्क:
- यदि तपाईँको निवेदकले आप्रवासी भिसा आवेदन प्रक्रिया शुल्क पहिले नै भुक्तान गरेको नभएमा सो शुल्क तपाईँले अन्तर्वार्ताको समयमा तिर्नुपर्छ । उक्त शुल्क नगदमा तिर्नुपर्छ (डलर वा सो बराबरको रकम नेपाली रुपैयाँमा) । कृपया खुद्रा रकम ठिक मिलाएर ल्याउनुहोस् ।
नोट: कृपया आफ्ना सिलबन्द मेडिकल जाँच रिपोर्टहरू आफूसँग दूतावासमा पक्का ल्याउनुहोस् । यदि तपाईँ आफ्नो मेडिकल रिपोर्टबिना दूतावासमा उपस्थित हुनु भयो भने, तपाईँको अपोइन्टमेन्ट सर्न गई तपाईँको केसमा ढिलाइ हुनसक्छ । तपाईँका एक्स-रे सिडीहरू दूतावासमा ल्याउनु आवश्यक छैन । भिसा प्रदान नभएसम्म, यात्रा योजना बनाउने वा जागिर छोड्ने या घर बेच्नेजस्ता जीवन परिवर्तन गर्ने किसिमका निर्णयहरू नगर्न तपाईँलाई सुझाव छ ।
तपाईँको केसमा ईलेक्ट्रोनिक मेडिकल फारम भएमा तपाईँले मेडिकल रिपोर्ट प्राप्त गर्नुहुने छैन ।